बैशाख २३, २०८१, आइतबार
               

नेपाल-रावलबीचको छलफल सकियो

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ । 

रावललाई भेट्न नेता नेपाल रावलको घर टोखा पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बताइएको छ ।

नेपालले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । बुधबार नेता नेपालसहित सुदूरपश्चिमका नेता तथा सांसदहरूले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । नेता रावलले भने तत्काल कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

रावल र नेपालसहितका नेताहरूबीच रावल निवासमा करिब दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो । 

आज बसेको नेपाल समूहको बैठकमा रावल अनुपस्थित भएका थिए । त्यसपछि नेता नेपाल रावललाई भेट्न उनकै घर टोखा पुगेका हुन् । 

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएका थिए ।

यो पनि