बैशाख २१, २०८१, शुक्रबार
               

गठबन्धनबीच साझा कार्यक्रम तय गर्न माओवादीकाे आव्हान

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ ।

आज बसेकाे स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धतामार्फत् अगाडि बढाउनुपर्ने माओवादीले निष्कर्ष निकालेकाे हाे ।

गठबन्धनबीच साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरु तय गर्न आह्वान गरेको हाे। बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने-‘हामीमा हिजो जुन प्रवृत्तिविरुद्ध संघर्ष गर्‍यौँ, त्यो कुनै पनि ढंगबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ । त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रममार्फत अगाडि बढाउनुपर्ने भएकाले प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक श्रावण २० गते र स्थायी कमिटीको बैठक श्रावण १७ गते निर्णय पनि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि