बैशाख २३, २०८१, आइतबार
               

माधव समूह सरकारमा सहभागी हुन्छ ?

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै माधव नेपाल समूह सरकारमा सहभागी हुन्छ कि हुँदैन भन्ने आमचासो छ । 

प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी समेत गरिरहेका छन् ।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

नेपाल समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने बताएको छ ।

आज (मंगलबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । 

भेटवार्तामा साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको थियो ।

प्रचण्डले सोही विषयमा मंगलबारै प्रधानमन्त्री देउवासँग समेत बालुवाटार पुगेर छलफल गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न दुवै नेता सहमत भएका थिए ।  

आफ्नो समूहले संसद् जोगाउन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरे पनि अहिले नै सरकारमा जान सक्ने अवस्था नरहेको माधव निकट एक नेताले बताए ।

यो पनि