बैशाख २३, २०८१, आइतबार
               

आज पनि माधव नेपाल समूहको भेला

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहको भेला आज पनि बस्ने भएको छ । भेलामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई बोलाइएको छ ।

दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूहको भेला बोलाइएको हो ।

उक्त भेलामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्विप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर अहिलेसम्म पत्र भने प्राप्त नगरेको नेपाल पक्षका सांसदहरूले बताएका छन् ।

यो पनि