कात्तिक १६, २०८१, शुक्रबार
               

एमाले केन्द्रीय कमिटी : कारबाहीबारे छलफलमात्र, १० बुँदे एकता प्रस्ताव अनुमोदन

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले गरेको १० बुँदे एकता प्रस्ताव अनुमोदन गरेको छ ।

केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रस्तावमाथि छलफल भए पनि निर्णय गरिएको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका थिए भने केही केन्द्रीय सदस्यहरूले सोझै कारबाहीको माग गरेका थिए । 

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा भएको बैठकमा केही केन्द्रीय सदस्यहरूले आजै कारबाही गर्नुपर्ने भन्दै होहल्ला समेत गरेका थिए । 

स्पष्टीकरण र कारबाहीबारे निर्णयमा नपुगे पनि बैठकले १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठक भोलि मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि