बैशाख २६, २०८१, बुधबार
               

सांसदबाट राजीनामा दिएकामा भीम रावलले मागे माफी

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा मतदातासँग माफी मागेका छन् । 

आइतबार राति सामाजक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै नेता रावलले मतदाताले पाँच वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् ।

'जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु' रावलले भनेका छन् ।

उनले अघि लेखेका छन्, 'अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु ।'

माधव नेपाल पक्षीय नेता रावलले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि ‘अनैतिक राजनीतिको मतियार नहुने’ भन्दै प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि