नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको छलफल भइरहेको छ ।
संसद भवनमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत मागिरहेको बेला नेता नेपाल समूह संसद भवनको ल्होत्से हलमा आन्तरिक छलफलमा जुटेको हो ।
यसअघि प्रधानमन्त्री नियुक्त गर्ने बेलामा देउवालाई साथ दिएको नेपाल समूहले आज मतदान गर्ने अन्तिम समयमा आएर छलफलमा जुटेको हो । यसअघि आजै नेपाल समूहका नेता भीम रावलले सांसद पदबाटै राजीनामा दिएका छन् ।