जेठ ०१, २०८१, मंगलबार
               

ओलीलाई अदालतले नभई अहंकारले हराएको हो : रिजाल

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले मिलेमतोमा मिचिएकाे संविधानको धारालाई सर्वोच्च अदालतले सच्याएर संवैधानिक सर्वोच्चता स्थपित गराएको दाबी गरेका छन् । 

अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले भ्रम छर्ने काम गरेको भन्दै यो सचेत मनले लेखिएको संविधान भएको उनले बताए । उनले भने ‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा संविधान मिच्नेहरूलाई सम्झाउन खोजेको मात्रै हो । अदालतले होइन अहंकारले तपाईंलाई हराएको हो ।’

हरेक सांसदले विवेकको मत लिएर संसद् बचाउने व्यवस्था संविधानमा गरिएको र त्यो धारा भत्काउने काम ओली सरकारले गरेको उनले आरोप लगाए । रिजालले केपी शर्मा ओलीको सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएको बताएका छन् । साथै रिजालले सरकारबाट बाहिरिएपछि अदालतलाई गाली गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरे ।


कस्तो लाग्यो ?

यो पनि