प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग पनि विश्वासकाे मत मागेका छन् । उनले लिखित चिठी पठाएर विश्वासकाे मत दिन आग्रह गरेका हुन् ।
जसपा अध्यक्ष ठाकुर पक्षलाई प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन पत्राचार गरेका हुन् । 'आफूले आइतबार विश्वासकाे मत लिने कार्यक्रम भइरहेकाे र यहाँ र यहाँसम्बद्ध माननीय सदस्यहरूकाे तर्फबाट समर्थन जनाइदिनुहुन अनुराेध गर्दछु' - पत्रमा उल्लेख छ ।