नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आफू एमाले एकताको पक्षमा रहेको तथा १० बुँदे सहमति कार्यान्वयन गर्न लागेकोले राजीनामा दिएको बताएका छन् ।
आज प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा सांसद पदबाट राजीनामा दिएर माधवकुमार नेपाल पक्षलाई दबाब सिर्जना गर्न खोजेको बताए । साथै पार्टी एकतामा माधव नेपालबाटै सहयोग नभएको उनको दाबी छ ।
आफू संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा रहे पनि अनैतिक राजनीतिक खेल सुरु भएकोले राजीनामा दिएको बताए । रावल २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।