राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेन तटस्थ बस्ने भएका छन्। पार्टीको नेताहरूसँगको छलफलपछि मतदानमा सहभागी नहुने निष्कर्षमा पुगेको उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रधामन्त्री देउवाले विश्वासको मतका लागि १३६ सांसद आवश्यक पर्छ।
अहिले नेकपा (एमाले)का १२१, नेपाली कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, जनता समाजवादी पार्टी (जसपा)का ३२, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक–एक जना सांसद छन् ।