बैशाख १२, २०८१, बुधबार
               

विभाजनलाई औपचारिकता दिन हतारहतार विश्वासको मत लिन खोजियो : एमाले

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

नेकपा एमालेले एमाले विभाजनलाई औपचारिकता दिन हतारहतार विश्वासको मत लिन खोजिएको ठहर गरेको छ । आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।
ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी समेत दिए । वरिष्ठ नेता नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको नेता ज्ञवालीले बताए । 'उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनुभएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो', ज्ञवालीले भने ।

पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरू आजको दिनदेखि एमाले नरहने ज्ञवालीले बताए । बैठकमा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेता नेपाल अब एमालेमा नफर्किने निष्कर्षसमेत बैठकले निकालेको छ तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि