जेठ ०२, २०८१, बुधबार
               

जसपा विवाद टुङ्ग्याउन निर्वाचन आयोगमा सुनुवाइ, के होला विवाद ?

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा)बारे आजबाट निर्वाचन आयोगमा सुनुवाइ सुरु हुँदै छ। सत्ता समीकरणका विषयमा देखिएको विवाद चरमोत्कर्षमा पुगेपछि विभाजनको आधिकारिकता खोज्न पुगेको सो दलको अवस्था के हुने आजबाट प्रक्रिया थालनी हुनेछ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा विवाद भएपछि जसपा फुटको चरणसम्म पुगेको हो ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालीन ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेता उपेन्द्र यादव पक्षले ओली सरकारविरुद्ध आन्दोलन गरिरहेको थियो । भट्टराई र यादव पक्ष नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपालको विपक्षी गठबन्धनमा थिए ।

अब यादव समूह अहिले सरकारमा जाने तयारी गरिरहेको छ भने ठाकुर समूह ओलीसँग बाहिरै रहने तयारीमा छन् । मतभेद भएपछि दुवै समूहले आफूहरू पार्टीमा एक भएर बस्न नसक्ने भन्दै छुट्टाइदिन सहमति जनाएपछि आयोगले आइतबारबाट सुनुवाइ गरी कानुनी रूपमा टुक्र्याइदिन लागेको हो । आयोगले जसपा बारे निर्णय लिन प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू रहेको इजलास गठन गरेको छ ।

यसैबिच आयोगमा सुरु हुने आधिकारिकताबारे सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरू उपस्थित हुने यादव पक्षले निर्णय गरेको छ ।  जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव समूहको बहुमत छ । संसदीय दल बैठकमा उपस्थितिको सङ्ख्या हेर्दा यादव समूह अल्पमतमा छ।


कस्तो लाग्यो ?

यो पनि