जेठ ०३, २०८१, बिहीबार
               

आज एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूह भने नजाने

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने उक्त बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

उक्त बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको भएपनि सो समूह सहभागी नहुने बताइएको छ । पहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गरेको छ ।

शनिबार दिउँसो विघटित वार्ता कार्यदलका नेताहरू सिंहदरबारमा अनौपचारिक संवादमा लागेका थिए । हिजै साँझ उनीहरूले अध्यक्ष ओलीलाई बालकोटमै गएर भेटेका थिए ।


कस्तो लाग्यो ?

यो पनि