जेठ ०२, २०८१, बुधबार
               

पोखराका मेयर जिसीको शल्यक्रिया सफल

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।

शुक्रबार बिहान एक्कासि बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो । उनलाई मस्तिष्कघात भएको मेयरको सचिवालयले जनाएको छ ।

शनिबार बिहान २ घण्टा लगाएर गरिएको हेमिक्रानिक्टोमी शल्यक्रिया सफल भएको जनाइएको छ । उपेन्द्र देवकोटा मेमोरियलअन्तर्गत सञ्चालित न्युरोड अस्पतालको न्युरो सर्जनहरूको टिमले उनको शल्यक्रिया गरेको हो ।

हाल मेयर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि