जेठ ०२, २०८१, बुधबार
               

कुनै पनि हालतमा पार्टी एक बनाउछौ : नेता विष्ट

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल शुक्रबार बसेको स्थायी कमिटीले भङ्ग गरिसकेको छ । कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव पारित गर्दै बैठकले कार्यदल भङ्ग गरेको हो । 

तर विघटित कार्यदलका सदस्य रहेका एमाले नेताहरू शनिबार पनि पार्टी समस्या समाधान गर्न भन्दै छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेताहरू भेला भएर छलफल गरेका थिए । छलफलपछि एमाले सचिव गोकर्ण विष्टले दोस्रो तहका नेताहरू कुनै पनि सर्तमा पार्टीलाई एकताबद्ध बनाउन सक्रिय रहेको बताए । 'कुनै पनि सर्तमा एकताबद्ध बनाउछौं भनेर नै हामी लागिरहेका छौं । त्यसैले अनौपचारिक छलफल गरेका हौ', उनले भने । 

१० बुँदे सहमतिलाई आधार बनाएर पार्टी एकता कसरी जोगाउने भन्ने तर्फ नै छलफल केन्द्रित रहेको विष्टले बताए। नेता विष्टले भने, 'नेकपा एमालेलाई एकताबद्ध गर्न आमपार्टी पंक्ति चिन्तित छ । लामो समयको योगदानबाट निर्माण भएको पार्टीलाई एक बनाउन हामीले चिन्ता गर्नु स्वाभाविक नै हो । प्रयत्न जारी राख्नुपर्दछ । नेताकार्यकर्तामा देखिएको चिन्तालाई ध्यानमा राख्नुपर्छ ।'

शुक्रबार बसेको एमाले स्थायी कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएन । नेता नेपाल पक्षले विपक्षी गठबन्धनमा गएर शेरबहादुर देउवालाई सहयोग गरेपछि एमाले विवाद थप चुलिएको हाे ।


कस्तो लाग्यो ?

यो पनि