जेठ ०३, २०८१, बिहीबार
               

आइतबार एमाले स्थायी कमिटी बैठक बस्ने

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको नेता तामाङले बताए । एमालेले यही साउन ४ गते १४ औँ केन्द्रीय कमिटीको  बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बोलाएको छ । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको उनले बताए ।

एमालेले साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदल भङ्ग गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि