जेठ ०२, २०८१, बुधबार
               

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका  हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले बतायो ।  सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ ।

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ । 

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि