जेठ ०२, २०८१, बुधबार
               

एकता जोगाउन एमाले विघटित कार्यदलका सदस्यहरू छलफलमा

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । एमालेको शुक्रबारको बैठकले कार्यदल विघटनको निर्णय गरेको थियो । तर पनि विघटित कार्यदलका सदस्यहरु भने छलफलमा जुटिरहेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल भइरहेको छ । कार्यदलमा नरहेका एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्यसमेत आजको छलफलमा सहभागी छन् । आचार्य यसअघि पनि कार्यदलका बैठकहरुमा सहभागी हुँदै आएका थिए । 

असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ जना सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले सरकार ढलेको छ । यता, आफ्नै पार्टीको सरकार ढलाउन विपक्षी गठबन्धनलाई सहयोग गरेपछि एमाले विवाद समाधान हुने भन्दा पनि झन बढ्ने देखिएको छ । 

शुक्रबार बसेको स्थायी कमिटी र संसदीय दलको बैठक रोक्न नेपाल पक्षका कार्यदलका सदस्यहरू बैठकस्थल पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले बैठक कार्यसूची अनुसार नै अगाडि बढ्ने भनेपछि नेताहरू फर्किएका थिए । अहिले नेताहरू दुवै पक्षको संयुक्त बैठक बसाउने वातावरण निर्माण गर्न प्रयासरत रहेका छन् ।

शुक्रबारको बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ । तर नेपाल पक्षले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि