बैशाख २६, २०८१, बुधबार
               

प्रदेश २ सरकारमा माओवादी पनि सहभागी

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहको नेतृत्वमा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताए । माओवादीले आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय पाउने तय भएकाे छ । 

सरकारमा सहभागी हुनेमा संसदीय दलका नेता भरत साह र प्रदेश सभा सदस्य रुबी कर्ण छन् । सुरुमा दुई वटा मन्त्रालय दिइने बताइए पनि अहिले केन्द्रीय नेतृत्वका कारण एउटा मन्त्रालयमा चित्त बुझाएर सरकारमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएको नेकपा माओवादी केन्द्रले जनाएकाे छ । 

भोलि ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि