जेठ ०६, २०८१, आइतबार
               

च्यासलमा एमाले बैठक : ओलीले भने- 'प्रतिपक्षको भूमिका निभाउँछौँ'

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह बताएका छन् । 

अध्यक्ष ओलीले भने, ‘मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ, हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’

ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए ।

अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने ओलीले बताए ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, आजको बैठक तीन एजेण्डामा केन्द्रित रहने छ ।

पार्टी एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुने उनले बताए ।

संगठन र संघर्षलाई सँगसँगै अघि बढाउने गरी छलफल हुने तामाङले जानकारी दिए ।

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । बैठक सारिएन भने आफूहरु नजाने माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

यो पनि