जेठ ०५, २०८१, शनिबार
               

पोखरा महानगरका मेयर जिसीलाई हृदयाघात, उपचारको लागि काठमाडौं ल्याइँदै

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।

उनलाई हृदयाघात भएपछि थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको बताइएको छ ।

उनको अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले बताए ।

मेयर जिसीको हाल त्यहाँ उपचार भइरहे पनि थप उपचारको लागि काठमाडौं ल्याउँने तयारी भएको प्रेस संयोजक बरालको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि