बैशाख १२, २०८१, बुधबार
               

केपी ओलीका समर्थकलाई बाबुराम भट्टराईले भने, ‘टाउको छिनेपछि पुच्छर केहीबेर फिटिफिटी गर्छ’

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् ।

ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका हुन् ।

डा. भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ, ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।

आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादरफासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ।’

ओली प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि डा. भट्टराई लगायत धेरै पार्टीका नेताहरु ओलीप्रति रुष्ट छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि ओलीसँग रुष्ट छन् । 


कस्तो लाग्यो ?

यो पनि