बैशाख १५, २०८१, शनिबार
               

मध्यरातमा गरियो लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले मध्यरातमै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

प्रदेशसभामा पेश भएको बजेट सहमति पास  सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि शुक्रबार साँझ एमालेले सदन बहिष्कार गरेर हिँडेको थियो ।

एमालेले बहिष्कार गरेपछि केही समय स्थगित भएको प्रदेशसभा पछि सूचना टाँसेर आज दिउँसो १ बजेसम्मको लागि स्थगित भएको थियो । शुक्रबार राति मन्त्री परिषद बैठक बसेर संसद स्थगित गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सदन अन्त्य गर्न सिफारिस गरेको थियो ।

सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा २ बमोजिम भन्दै आठौँ अधिवेशन अन्त्य गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि