जेठ ०५, २०८१, शनिबार
               

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएकाे हाे । 

बैठकमा बैठकमा सहभागी हुन एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदलाई पनि बोलाइएकाे छ । नेकपा एमालेकै सांसदले विश्वासको मत नदिँदा ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएका थिए । संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बोलाउन प्रचलनअनुसार बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

सर्वाेच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन ३ भित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएपछि संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन बैठक बोलाएको बताइएको छ ।  


कस्तो लाग्यो ?

यो पनि