जेठ ०५, २०८१, शनिबार
               

तिमीहरू यो प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौ ? : झपट रावल

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

नेकपा एमालेका नेता झपट रावलले संविधानकाे व्याख्या केपी ओलीले  गर्ने कि सर्वोच्च अदालतले गर्ने भन्दै आक्राेश‍सहित प्रश्न गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेखे- 'प्रधानमन्त्री र राष्ट्रपतिका कदमप्रति न्यायपालिकामा प्रश्न उठ्न नपाउने हाम्रो संविधानमा कहाँ व्यवस्था गरिएको छ ? के राष्ट्रपति पन्चायतकालीन राजाभन्दा बढी अधिकार प्राप्त र संविधानभन्दा माथि हुन?’ 

माधवकुमार नेपाल निकट नेता रावलले सर्वोच्चको फैसला गलत भन्नेहरूलाई पुनर्स्थापित प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन चुनौती दिएका छन्- ‘म चुनौती दिन चाहन्छु, सर्वोच्चको फैसला गलत हो भने पुनर्स्थापित भएको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर। यसै पनि तिमीहरू यो प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौं ?’

संविधान, लोकतन्त्र र संसदीय सर्वोच्चता बचाउने आफूहरूको कदमलाई सर्वोच्चले उचित ठहर्‍याएको उनले बताएका छन्-‘अदालतले हाम्रो कदमलाई उचित ठहर्‍यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरूको लागि सबभन्दा उत्तम गन्तव्य हो ।’

आफूहरूको कदमले संविधान बचाएको भन्दै रावलले आफूहरूलाई गलत हुन् भनेर प्रचारबाजी नगर्न पनि चेतावनी दिएका छन्। साथै प्रतिनिधि सभालाई षड्यन्त्रपूर्वक विघटन गरिएपछि विफल पार्न आफूहरूले अन्य राजनीतिक दलसँग गठबन्धन गर्न बाध्य भएकाे उनको भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि