जेठ ०५, २०८१, शनिबार
               

‘प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउँछ’

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ ।

नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा. शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका छन् ।

नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेकोमा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ ।

देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

यो पनि