काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन् ।
३९ महिना प्रधानमन्त्रीको कार्य सम्हालेका ओली सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएर पद सम्हालीसकेका छन् । त्यसलगत्तै निवर्तमान प्रधानमन्त्री ओली आज आफ्नै बालकोट सर्ने भएका हुन् । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटारमा बस्दै आएका थिए ।
ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।