काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो एक बजेको लागि बैठक बोलाएका थिए ।
सर्वोच्चले संसद पुन:स्थापना गरेपछि प्रधानमन्त्री ओली पदबाट अपदस्थ भएका छन् । अपदस्थ भएका प्रधानमन्त्री ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्रीका रुपमा २०७४ फागुन ३ गते नियुक्त भएका थिए ।