मंसिर ०७, २०८१, शुक्रबार
               

जाँदाजाँदै प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्ने भएका हुन् । सम्बोधन गर्ने समय भने तय भइसकेकाे छैन ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशसँगै प्रधानमन्त्री ओलीले बालुवाटार छोड्दै छन् ।

सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ । त्यस्तै, आज दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक पनि बस्दैछ ।

 


कस्तो लाग्यो ?

यो पनि