बैशाख ११, २०८१, मंगलबार
               

सर्वोच्चको फैसलापछि कमल थापाले भने- 'सर्वोच्चमा गोरू ब्‍यायो'

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्‍यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सन्जाल ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू ब्‍यायो ।’

साथै उनले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि