जेठ ०५, २०८१, शनिबार
               

आज एमालेको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्ने भएको छ । आइतबार बस्ने भनिएको उक्त स्थायी कमिटी बैठक स्थगित गरि आज साँझ पाँच बजेको लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

तर, बैठक साँझ पाँच बजे बस्ने भनिए पनि केही समय तलमाथि हुनसक्ने उनको भनाइ छ ।

आइतबार एमाले एकता कार्यदलको बैठकमा आन्तरिक विवाद समाधानको लागि छलफल भइरहेको अवस्थामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका थिए । तर, कार्यदल सहमति नजिक पुगेपछि अध्यक्ष ओलीले बैठक स्थगित गरेका थिए । 

एमालेमा उत्पन्न भएको आन्तरिक विवाद समाधानको लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ । सोही सहमति भएसँगै आजको लागि आज बस्ने स्थायी कमिटी बैठकमा नेता नेपाल पक्षका नेताहरु सहभागी हुने सम्भावना देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि