जेठ ०५, २०८१, शनिबार
               

माधव नेपालले भने : देउवालाई एमालेका २३ जना सांसदको समर्थन यथावत छ

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टीमा आन्तरिक विवादका कारण प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ जना सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् ।

वरिष्ठ नेता नेपालले सर्वोच्च अदालको संवैधानिक इजलासबाट फैसला आउने दिन भनिएको आज बिहान आफ्नो धारणा राख्दै सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दाबी गरेका हुन् ।

एमालेभित्र आन्तरिक एकताको लागि गठित कार्यदलले १० बूँदे सहमतिमा हस्ताक्षर गरे पनि त्यसप्रति नेपालले असन्तुष्टि जनाएका थिए ।

कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सन्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको जानकारी दिएका थिए ।

थपाको त्यस अभिव्यक्तिप्रति आपत्ती जनाउँदै नेता नेपालले आज बिहानै जारी गरेको वक्तव्यमा भनिएको जस्ताको तस्तै :

हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ ।

यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।
२८ असार, २०७८


कस्तो लाग्यो ?

यो पनि