जेठ ०५, २०८१, शनिबार
               

एमालेमा एकताको सहमति भएपनि माधव नेपाल अझै असन्तुष्ट

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टीभित्र आन्तरिक विवादका कारण फुटको नजिक पुगिसकेको सत्तारुढ दल नेकपा एमालेमा अन्ततः एकता हुने सहमति भएको छ ।

एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका दुई कार्यदलले आइतबार गरेको सहमतिमा माधवकुमार नेपाल अझै असन्तुष्ट बनेका छन् ।

आज (सोमबार) आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने हेतु उक्त सहमति गरिएको आरोप उनले लगाएको स्रोतले जनाएको छ । कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि जनाएको बताइएको छ ।

आइतबार कार्यदलले गरेको सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठबन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको उनले बताएका छन् । नेपालको भाव बुझेर नै उनी निकट नेता रघुजी पन्तले सहमतिपत्रमा हस्ताक्षर नगरेको स्रोतको भनाइ छ ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पेश गरिएको रिट निवेदनमा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । एमालेमा एकता कायम हुनु भनेको विपक्षी गठबन्धनबाट माधव नेपाल समूह अलग हुनु हो ।

अब २३ जना एमालेका सांसदहरुले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिए पनि उनीहरु नैतिकरुपमा त्यो प्रतिवद्धताबाट बाहिर आएको बुझाइ संस्थापन पक्षको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले अब शेरबहादुर देउवाको पक्षमा १ सय २३ जना सांसदहरु मात्रै बाँकी रहेको भन्दै हिसाब निकालेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सर्वोच्चले संसद पुनर्स्थापना नगर्ने भविष्यबाणमी समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि