जेठ ०५, २०८१, शनिबार
               

अदालतको फैसला प्रभावित हुनेगरी सहमति हुँदैन : नेपाल

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन् । आफूलाई भेट्न निवासमै आएका आफ्ना कार्यदलका सदस्यसँग नेता नेपालले  यस्तो धारणा राखेका हुन् ।

जारी एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमतिपत्रमा हस्ताक्षर गर्ने क्रममा रहेको छ । सोही सन्दर्भमा नेता नेपालले अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा भने सहमति हुन सक्ने बताएका छन् । नेता नेपालले कार्यदलले तयार पारेको मस्यौदामा अदालतलाई प्रभाव नपार्ने भाषा राखेर परिमार्जनको खाँचो रहेको समेत सुझाब दिएका छन् ।

‘अदालतको मुद्दालाई तलमाथि पार्ने गरी हतारमा सहमति गर्नुपर्ने कुनै कारण छैन । तपाईंहरूले कोसिस गर्नुभएको छ ।’ कार्यदलका सदस्यहरुसँग नेपालले भने- ‘मस्यौदामा केही समस्या छन् ।  थप परिमार्जन गर्नुस् ।’ 

प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला आउनुअघि नै एमाले एक रहेको सन्देश दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको योजना छ । तर, नेता नेपाल भने अदालतलाई प्रभावित बनाउने गरी सहमति र रिटमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने आफ्नो बटमलाइन रहेको बताउँछन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सोमबार आउँदैछ ।


कस्तो लाग्यो ?

यो पनि