जेठ ०५, २०८१, शनिबार
               

सिंहदरबारमा एमाले कार्यदलको बैठक, आजै सहमति हुने नेताहरुको दाबी

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । आजै सहमति टुंगोमा पुग्ने भनिएको यो बैठकलाई सबैतिरबाट चासोका साथ हेरिएको छ । 

दुबै पक्षका कार्यदलका सदस्यहरूले बिहान  आन्तरिक छलफल गरेपछि केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो । बैठकअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यले नेता नेपालसँग कोटेश्वरमा छलफल गरेका थिए ।
दुबै पक्षका कार्यदलका सदस्यले आज वार्ता  निष्कर्षमा पुग्ने तयारी भइरहेको बताएका छन् । शनिबार पनि कार्यदलको बैठक बसेको थियो । कार्यदलमा नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरबारे फैसला कुर्ने, पार्टीका सबै निर्णयहरू सहमतिका आधारमा हुनुपर्नेलगायत कुरालाई बटम लाइन बनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि