जेठ ०५, २०८१, शनिबार
               

अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभा बैठक आज चल्न दिने सहमति

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । केही दिनदेखि निरन्तर अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभा बैठक आज चल्न दिने सहमति भएको छ । पार्टीगत असहमति हुँदै आएको उक्त बैठक सरकार र प्रतिपक्षी दलबीच सहमति भएको हो ।

सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने शनिबार सहमति भएको बताइएको छ । आज बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिपक्षी दलसँग भएको वार्तामा मुख्यमन्त्रीले संसदमा सम्बोधन गर्ने भएकाले बैठक सञ्चालन गर्न आग्रह गरेको प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले जानकारी दिए ।

उनले आफूहरुले राखेको मागबारे मुख्यमन्त्रीले संसदबाटै समेटेर सम्बोधन गर्ने बताए । शनिबार ३ बजे बस्ने भनिएको संसद बैठक प्रतिपक्षसँग सहमति जट्न नसक्दा स्थगित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि