जेठ ०५, २०८१, शनिबार
               

एमाले कार्यदलमा आज पनि जुटेन सहमति

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल भएको छ । शनिबार सिंहदरबारमा कार्यदलले छलफल गरेपनि त्यसलाई निष्कर्षमा पुर्याउन सकेन् ।

आइतबार सहमतिलाई अन्तिम रुप लिइने नेता गोकर्ण विष्टले दाबी गरेका छन्- ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरूले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए ।

एमालेलाई एकतावद्ध बनाएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि भोलि सार्थक सन्देश दिने अवस्थामा कार्यदल आइपुगेकाे दाबी गरिएकाे छ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न नसकेकाे बुझिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि