जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड स्वास्थ्यलाभको कामनाका लागि मात्र आउनुभएको हो : नेपालको सचिवालय

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपालकाे सचिवालयले आजकाे प्रचण्डसँगकाे भेट सञ्चारमाध्यमा समाचार आएजस्तो नभएकाे भनी स्वास्थ्यलाभकाे कामनाकाे लागि मात्र आएकाे जनाएकाे छ ।

नेता नेपाल बिरामी भएको र स्वास्थ्यलाभको कामनाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न आएको र नेपाल बिरामी भएर घरैमा स्वास्थ्यलाभ गरिरहेको उनको सचिवालयले जनाएको छ । 

एमाले एकताका लागि वार्ता चलिरहेका बेला माओवादीका अध्यक्षसँगको भेटले नकारात्मक सन्देश जाने देखिएपछि नेपालको सचिवालयले प्रष्टीकरण दिएको हो । 

शनिबार नेता नेपाल र दाहालबीच राजनीतिक विषयमा कुरा नभएको नेपालको सचिवालयले दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि