बैशाख १६, २०८१, आइतबार
               

बाढी पीडितलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

काठमाडौं । बढी पीडितको लागि राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् ।

उनि आज बिहान १० बजे बाढी पीडित प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेको बताइएको छ । 

नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, सिन्धुपाल्चोकबाटै निर्वाचित सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पीडित परिवारलाई अस्थायी बसोबाससहितको राहत प्याकेज घोषणा गर्ने तामाङले बताए । गत ३१ जेठ गते इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा ठूलो जनधनको क्षति गरेको थियो । 

यो पनि