बैशाख २२, २०८१, शनिबार
               

आज बागमती प्रदेशसभाको बैठक बस्दै

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज (शनिबार) बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । उक्त बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् । 

प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन । प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन् । सत्तापक्षको झलनाथ खनाल र माधव नेपाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ ।

सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभले हतारमा विद्युतीय बस खरिद गर्न लागेको, औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित सञ्चार गृह  सञ्चालन गर्न लागेको भन्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

संसद अवरुद्व गरेको एक सातासम्म पनि सहमतिका लागि कुनै प्रयास नगरेको प्रदेश सरकारले शुक्रबारबाट मात्रै छलफललाई अगाडि बढाएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संससदीय दलको नेता शालिकराम जम्कट्टेलले बताए । उनले  शुक्रबार सरकारसँग छलफल भए पनि सहमति भने नभएको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि