बैशाख २२, २०८१, शनिबार
               

कांग्रेसकाे संस्थापनइतर समूहमा साझा उमेद्वार बनाउने कसरत

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले सभापतिको साझा उमेद्वार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ । शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका नेताहरूको बैठकले सभापतिको लागि साझा उमेद्वार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए ।

पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको उनले भने-‘पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरू बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रीत हो र त्यसका निम्ति के–कस्ता मोडालिटी र आधारहरू बनाउनुपर्छ र ति आधारहरूको निर्माण गर्दै समग्र रुपबाट एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो ।’

नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए ।

बैठक पछि नेतृ सुजाता कोईरालाले संस्थापनइतर समुहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन् । आफूहरू एक भएर अघि बढ्ने उनले प्रतिक्रिया दिए । उनले भनिन्-‘हाम्रो बिचमा कुनै विवाद छैन । विवाद हुँदैन र एकजनाले उम्मेदवार दिन्छ त्यसबारेमा हामीले छलफल गरिरहेका छौँ । निर्णय भइसकेको छैन तर अब छिटो हुन्छ । हामी सबै एक छौँ । हामी एक भई जान्छौँ । एकजनाको उम्मेदवारी दिन्छौँ ।’

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिइरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरूले सभापतिको आकांक्षा देखाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि