बैशाख २१, २०८१, शुक्रबार
               

पार्टीसँग सरोकारै नभएकाले आयोगमा निवेदन दिनु हास्यास्पद : माओवादी

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिएको विषय हास्यास्पद रहेकाे बताएकाे छ ।

एमालेमा गएका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि विज्ञप्तिमा भनिएकाे छ-‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति व्यक्ति रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ । केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।’

माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवदेन स्वीकार नगर्न पनि निर्वाचन अयोगलाई आग्रह गरेको छ । संविधान, कानून, विधि, विधानविपरीत दुष्प्रचार गरिएको भन्दै नेता कार्यकर्ता तथा शुभचिन्तकलाई भ्रममा नपर्न आग्रह गरेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि