बैशाख २२, २०८१, शनिबार
               

माओवादी पार्टी खारेज गर्न दबाब दिन पूर्वमाओवादी नेताहरु फेरि आयोग जाँदै

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वैधानिकतालाई चुनौती दिँदै दल दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएका पूर्वमाओवादीका नेताहरु आज फेरि आयोग जाँदै छन् । माओवादी छाडेर एमालेमा लागेका पूर्वमाओवादी नेताहरु आफ्नो उजुरी फलोअपको लागि निर्वाचन आयोग जान लागेका हुन् । 

टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी निर्वाचन आयोग जान लागेका हुन् । लेखराज भट्ट भने बिरामी भएका जान नसक्ने पूर्व माओवादी गौरीशंकर चौधरीले जानकारी दिए ।

पूर्वमाओवादी नेता साह, रायमाझी, भट्ट र चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारबाही गरेको थियो । माओवादीबाट कारबाही परेसँगै उनीहरूको सांसद पद खारेज भएको थियो । उनीहरूले आफूमाथि गरिएको कारबाही अवैधानिक रहेको मात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दाबी अधिवक्ता बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका थिए ।

यद्यपि, अहिले प्रतिनिधिसभा विघटन भइसकेको छ । तर, पुनर्स्थापना भएमा पदमै बहाल रहन पाउने भन्दै उनहिरु आयोगमा उजुरी दिन गएका हुन् ।

संविधानमा कम्तिमा पाँच वर्षमा एकपटक राजनीतिक दलको महाधिवेशन हुनुपर्ने व्यवस्था छ ।  तर, माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन आयोजना नगरेका निवेदकको दाबी छ । 

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेबापत कारबाही गरेका सांसदहरूका पक्षबाट आयोगमा निवेदन दिइएको हो । उनीहरूले आफूमाथि गरिएको कारबाही अवैधानिक रहेको मात्र नभई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नै अवैधानिक रहेको दाबी अधिवक्ता बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका छन् ।  

हालको नेकपा माओवादी केन्द्र पहिलोपटक २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रुपमा दर्ता भएको र २०६५ मा यसको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी बनाइएको पनि निवेदनमा उल्लेख छ ।

२०६९ माघ २० देखि २६ सम्म सो पार्टीको महाधिवेशन सम्पन्न भएको र १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको उल्लेख गर्दै निवेदनमा सो पार्टीले निर्वाचन आयोगमा पेस गरेको विधानमा पाँच वर्षमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख रहेको पनि स्मरण गराइएको छ ।


कस्तो लाग्यो ?

यो पनि