बैशाख २२, २०८१, शनिबार
               

आज पनि आन्तरिक विवाद मिलाउन एमाले कार्यदलको बैठक बस्दै

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

काठमाडौं । हाल देशमा सत्ता चलाइरहेको नेकपा एमाले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ । 

हिजो (बिहीबार) बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्न लागेको सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

यसअघि बुधबार साँझ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो ।

विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास गरेका थिए । तर, दिउँसोको बैठक एकैछिन बसेर साँझका लागि सरेको थियो ।

बैठकमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तले साँझ बस्ने बैठकले सहमतिको मस्यौदा फाइल गर्ने बताए ।

तर साँझ सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको बैठकमा कार्यदलका ओली पक्षका नेता विष्णु पौडेल उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि