बैशाख २२, २०८१, शनिबार
               

एमाले कार्यदलको बैठक फेरि स्थगित

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी स्थगित भएकाे छ। आजकाे बैठकमा विषय प्रवेश नै नपाएकाे सहभागी नेताले बताएका छन् । 

आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए।  मन्त्रिपरिषद बैठक चलिरहेकाले पौडेल बैठकमा उपस्थित नभएपछि भोलि बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएकाे हाे । 

कार्यदलका सदस्य घनश्याम भुसालले छलफलमा कुनै प्रगति नभएको बताएका छन् । अनौपचारिक रूपमा १० दिन अघिदेखि तयार पारेको मस्यौदामा अहिलेसम्म कार्यदल प्रवेश गर्न नसकेको उनले बताए ।

यसअघि अन्य सदस्यहरुले कार्यदल सहमति नजिक पुगेको दाबी गरेका थिए । अर्का कार्यदल सदस्य सुवास नेम्वाङले पनि कार्यदल कुनै टुंगोमा नपुगेको बताए ।


कस्तो लाग्यो ?

यो पनि