बैशाख २१, २०८१, शुक्रबार
               

सिंहदरबारमा माधव पक्ष, बालुवाटारमा ओली पक्षको छलफल

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडाैं । नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय बालुवाटारतिर लागेका छन् ।

पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । बिहीबार पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक रोकिएको छ ।

बुधबार राति मेरियट होटलमा केपी ओली र माधवकुमार नेपालबीच भएको वार्तामा दुबै नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन ।

पार्टी एकताका आधारहरु खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा जोडतोडले लागेका छन् ।


कस्तो लाग्यो ?

यो पनि