बैशाख २२, २०८१, शनिबार
               

पार्टीले व्यहोर्ने निर्णय भएको झलनाथको उपचार खर्च सरकारको थाप्लोमा

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का नेता झलनाथ खनालको सम्पूर्णं उपचारका खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षरमा खनालको उपचार खर्च व्यहोर्ने निर्णय सार्वजनिक भएको हो ।

सार्वजनिक निर्णयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको उपचार खर्च अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूवावासमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको उल्लेख छ ।

निर्णयको ब्यहोरामा भनिएको छ,‘खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयको नाममा निकाशा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमा भुक्तानी गर्ने व्यवस्था गर्ने।’

ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राख्दै नेता खनालको सम्पूर्णं उपचार खर्च एमालेले व्यहोर्ने निर्णय गराएका थिए । असार १६ मा बसेको एमाले केन्द्रीय समिति बैठकबाट उक्त निर्णय गरिएको कुरा स्वंय एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराएका थिए ।

तर, चर्चामा एमालेको गराएपनि ओलीले अन्ततः उपचार खर्च सरकारको थाप्लोमा नै हालेका छन् ।

सरकारले नेता खनालको नाममा गरेको निर्णय जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरित छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा वैदेशिक उपचार वापत खर्च उपलब्ध नहुने कुरा उल्लेख छ ।

मिर्गौलामा समस्या भएपछि खनाल उपचारका लागि असार पहिलो साता दिल्ली पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि