बैशाख २३, २०८१, आइतबार
               

एमाले कार्यदलको बैठक साँझ फेरि बस्ने

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले कार्यदलको बैठक आज साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । 

बिहान सिंहदरबारमा करिब १ घण्टा कार्यदलका सदस्यबीच छलफल भएको थियो । 

छलफलपश्चात एमाले संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिए । उनका अनुसार, आजै निष्कर्षमा पुग्ने प्रयास हुनेछ । 

यसैबीच, संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।

माधव पक्षका कार्यदल सदस्यहरू पनि आन्तरिक छलफलमा छन् ।


कस्तो लाग्यो ?

यो पनि