बैशाख २३, २०८१, आइतबार
               

एमाले कार्यदलको बैठक सुरू, बैठकअघि नेपाल-रावलबीच भेटवार्ता

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । 

कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको हो ।

बैठकअघि भीम रावल नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुने रणनीतिबारे छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त, भीम आचार्यलगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल सहभागी छन् ।

कार्यदलकै पहलमा हिजो (बुधबार) अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको थियो । तर, उक्त वार्तामा ठोस सहमति भने हुन सकेन ।


कस्तो लाग्यो ?

यो पनि